Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गगन–विश्व र फरमुल्लाह पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

गगन–विश्व र फरमुल्लाह पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

काठमाडौं : नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री  फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । 

बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । बैठकमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताएका थिए । नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाएर विशेष महाधिवेशनमा लागेको र पार्टीलाई विभाजनमा धकेलेको आरोप लगाएका थिए ।

संस्थापनपक्षका वार्ता टोली सदस्य रमेश लेखकले सहमतिका लागि विशेष पक्षले पठाएको सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने, हाइकमाण्ड बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानेबाहेकका प्रस्ताव स्वीकार्न सकिने जानकारी बैठकमा गराएका थिए ।

तर उनको बिफ्रिङलगत्तै बैठकमा खड्काले महामन्त्रीद्वय थापा, खड्का सहमहामन्त्री मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने प्रस्ताव निर्णयार्थ सुनाएका हुन् । जसलाई हलले ध्वनिमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट