काठमाडौँ : सिरहामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धनगढीमाई र लागु औषध नियन्त्रण ब्युरो सिरहाबाट खटिएको प्रहरी टोलीले मंगलबार २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ३ बस्ने २५ वर्षीय अभिशेक साह र सिन्धुलीको दुधौली नगरपालिका ९ बस्ने ३२ वर्षीय एलेक्स आले रहेका छन् । आले मोटरसाइकल चालक हुन् ।
उनीहरूबाट ३८ ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले बरियारपट्टीबाट जिरोमाइलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइनसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय लहानबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij