Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

रौतहट :  रौतहटको परोहा नगरपालिकास्थित बसिर चोकबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार परोहा नगरपालिका–७ बसिर चोकमा सशस्त्र प्रहरी बलको विओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाको संयुक्त टोलीले बीआर ०५ बीएल ८८४६ नम्बरको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेला परेको हो।


सीमापारी भारतबाट नेपालतर्फ आउँदै गरेको उक्त मोटरसाइकलमा सवार बारा निजगढ नगरपालिका–७ का ३० वर्षीय शिखरबहादुर पुलामी र भारत बिहार पूर्वी चम्पारण जिल्लाको ग्रामपञ्चायत घोडासहान कबैया–६ का २९ वर्षीय गोलु भन्ने नैतिक कुमार पक्राउ परेको रौतहट प्रहरी प्रमुख एसपी रवीन कार्कीले बताएका छन्।

उनीहरूको साथबाट ट्रामोल–५० लेखिएको १२६ पत्तामा १ हजार २ सय ६० पिस क्याप्सुल, ३ थान मोबाइल, ३६ हजार रुपैयाँ नगद र एक थान मोटरसाइकल बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदीप वस्यालले पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार कसुर ऐनअन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट