Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरानसँग व्यापार गर्ने सबै देशविरुद्ध अमेरिकाको २५ प्रतिशत ट्यारिफप्रति चीनको विरोध

इरानसँग व्यापार गर्ने सबै देशविरुद्ध अमेरिकाको २५ प्रतिशत ट्यारिफप्रति चीनको विरोध

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानसँग व्यापार गर्ने सबै देशविरुद्ध २५ प्रतिशतको अतिरिक्त कर लगाउने घोषणा गरेपछि चीनले विरोध गरेको छ । आफ्नो वैधानिक अधिकार र हितको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाइने चीनले भनेको छ । चीन इरानको सबैभन्दा ठुलो व्यापार साझेदार हो । 

बिना सोची सम्झी अतिरिक्त भन्सार महसुल लगाउने अमेरिकाको रवैयाप्रति चीनको अडान एकनास र स्पष्ट रहेको वासिङटनस्थित चिनियाँ दूतावासका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा भनेका छन् । ट्यारिफ युद्ध र व्यापार युद्धमा कसैले पनि नजित्ने भन्दै उनले जबर्जस्ती र दबाबले कुनै पनि समस्या समाधान नगर्ने पोस्टमा लेखेका छन् । ‘संरक्षणवादले सबै पक्षको हितलाई हानि गर्छ,’ पोस्टमा भनिएको छ । 

ट्रम्पले सोमबार तत्कालै लागु हुनेगरी २५ प्रतिशतको कर लगाएका थिए । इरानमा सरकारविरोधी प्रर्दशन चर्कदै गइरहेसँगै ठुलो संख्यामा हताहत भइरहेको छ । पछिल्लो दिनमा यो संख्या बढेर ५०० माथि उक्लिएको छ । प्रदर्शनकारीको हत्या नरोकिए इरानमा हस्तक्षेप गर्ने धम्कीसमेत ट्रम्पले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट