काठमाडौँ : ‘दुस्मन हेरेको हेरै’ को सफलतापछि गायक दुर्गेश थापाले आफ्नो र छोराको जन्मदिनको अवसर पारेर नयाँ धमाका ल्याउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नयाँ गीत ‘नाच नाच भाइ नाच’ को पहिलो पोस्टर सार्वजनिक गर्दै दर्शकका लागि ठुलो सर्प्राइज तयार पारेको जानकारी दिएका हुन्।
यो गीत आगामी माघ १० गते सार्वजनिक हुनेछ, जुन दिन दुर्गेश र उनका छोरा दुवैको जन्मदिन पर्छ। दुर्गेशले आफ्नो नयाँ प्रस्तुतिलाई ‘फ्रेस, फन, एक्सन र फुल धमाका इनर्जी’ भएको गीतको रूपमा व्याख्या गरेका छन्।
उनले यस गीतमा दर्शकका लागि धेरै नयाँ कुराहरू समेटेको दाबी गर्दै अहिलेलाई केवल पोस्टर मात्र सार्वजनिक गरिएको बताएका छन्। उनले जन्मदिनलाई विशेष बनाउन दर्शकका लागि यो गीत एउटा उपहार हुने उल्लेख गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij