Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

म्याग्दीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी

म्याग्दीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई घरैबाट पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप विवरण संकलन गर्ने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट