Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँका ५ हजार सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँका ५ हजार सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ५ हजारभन्दा समुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रमबाट अहिलेसम्म ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । गएको कार्तिक १४ गतेदेखि सुरु भएको यस कार्यक्रममा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा र सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा नं. १८, २२, २५ र २७ गरी ४ वटा वडामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको बताएको छ । महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट