Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ। अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका पुर्‍याएको थियो ।

अहिले मादुरो विरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाइँदै छ। अहिले भेनेजुएलाको उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट