Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपासँगको सहमति टुंगिएपछि कुलमान भन्छन्- १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानियोस्

रास्वपासँगको सहमति टुंगिएपछि कुलमान भन्छन्- १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानियोस्

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले १२ दिनको मौनतालाई कमजोर नठान्न चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति टुंगिएपछि अध्यक्ष घिसिङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एकतर्फी एकता भंग भएको घोषणा गरिएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

कुलमानले समानुपातिक गुमाएपनि आत्मसम्मान नगुमाएको बताएका छन्। उनले फेसबुक लेखेका छन्- ‘विश्वास गरेर पार्टी बुझायौँ,विश्वास गरेर नेतृत्व बुझायौँ।,समानुपातिक उम्मेदवारमा १८ जना दिन्छु भन्दै १४ मात्रै राख्ने। केन्द्रीय सदस्य पनि बालेन समूह र उनेपालाई २१र२१ दिने भन्ने तर बालेन समूहलाई २६ दिने र उनेपालाई चाहिँ १२ जनामा चित्त बुझाउन पर्‍यो भन्ने। गर्छु भनेको भद्र सहमतिहरू केहि पालना नगर्ने र अनि एकतर्फी एकता भंग भएको घोषणा गर्ने। लाग्यो होला, पौष १४ को समानुपातिक सूची बुझाउने समय नाघी सक्यो, अब यिनीहरूको अन्य केही विकल्प छैन। जति पेले पनि भो। हामीले समानुपातिक गुमायौँ, तर आत्मसम्मान गुमाएका छैनौँ। १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानोस्।’

उनले रास्वपामाथिको विश्वास गुमाएपनि देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएको पनि बताए। रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा रहेका थिए घिसिङ । मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । यसअघि रवि र मेयर बालेन शाहबीच सहमति हुँदा पनि कुलमानलाई समेटेर अघि बढ्नेगरी छलफल भएका थिए ।

यद्यपि कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा कुलमानसँग सहमति भएको थियो । तर, शनिबारसम्म भएको दुई पक्षीय छलफलको प्रयास असफल भएसंगै रास्वपाको एकता भंग गरेर घिसिङ उनेपाको अध्यक्ष बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट