Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चोरीको मोटरसाइकसहित युवक पक्राउ

चोरीको मोटरसाइकसहित युवक पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका–२७ स्थित केशरमहलबाट चोरीको मोटरसाइकल सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–४ बस्ने २४ वर्षीय विक्रम सुनुवार छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चोरीको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए ।

आरोपीको साथबाट प्रहरीले बा.प्र–०२–०२१ प ३७३४ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ । आरोपीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट