Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कुलमानसँग एकता भाँडिएपछि रविले गरे पार्टीमा ‘ब्रिफिङ’

कुलमानसँग एकता भाँडिएपछि रविले गरे पार्टीमा ‘ब्रिफिङ’

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।

बैठक स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ । उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले बतायो । ‘हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने हुन थाल्यो । नयाँ नयाँ भाग मागेको माग्यै गरेपछि हामी अब अघि बढ्न नसक्ने भयौं,’ रविले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकलगत्तै कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने बताइएको छ । कुलमानलाई सो पार्टीले अध्यक्षको भूमिकामा चयन पनि गरेको छ । कुलमान घिसिङ उपसभापति पद हुनेगरी रास्वपासँग सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन ।

समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागू नभएको उज्यालो नेपालको गुनासो छ । पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट