Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

धनुषामा जग्गाको विषयमा विवाद, प्रहरीद्वारा १६ राउन्ड अश्रुग्याँस प्रहार

धनुषामा जग्गाको विषयमा विवाद, प्रहरीद्वारा १६ राउन्ड अश्रुग्याँस प्रहार

जनकपुर : धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै विवाद लगत्तै भएको झडपमा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको हो । 

आश्रम र स्थानीयबिच ढुङगामुढा हुन थालेपछि नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्र प्रहरी ११ राउन्ड अश्रुग्याँस  प्रहार गरेको धनुषा प्रहरी प्रमुख एसपी रुगम कुँवरले बताए । 
उनका अनुसार १० कट्ठा ऐलानी जग्गाको विवाद बारे आज नापी भइरहेको र सोही क्रममा आश्रम र स्थानीयबिच विवाद भएको थियो । विवाद उग्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको हो । अहिले अवस्था सामान्य रहेको र दुवै पक्षबाट केही व्यक्तिहरू सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए ।  घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट