Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपासँग सहमति नभए उज्यालो नेपालबाट अघि बढ्ने कुलमान घिसिङको संकेत

रास्वपासँग सहमति नभए उज्यालो नेपालबाट अघि बढ्ने कुलमान घिसिङको संकेत

काठमाडौँ : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकताका विषयमा आज बेलुका सम्म टुङ्गो लगाउने बताएका छन्। शनिबार रामेछाप पत्रकार समाजको पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले केही विषय टुङ्गिन बाँकी रहेको र आज–भोलिमै त्यसको निर्णय गरेर अघि बढ्ने बताए। उनले भने, ‘उज्यालो नेपाल पार्टी दर्ता भएर अगाडि बढेको छ, त्यसमा मेरो पनि साथ र सदभाव छ । अहिलेको देशको आवश्यकता र जनताको माग अनुसार एकता गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटा समझदारी गर्नुभएको छ।’

उनले सहमति नभए उज्यालो नेपाल पार्टीबाट नै अघि बढ्ने संकेत गरे। उनले आगामी संसदीय निर्वाचन काठमाडौँ ३ बाट उम्मेदवार बन्ने संकेत गरेका छन्। तर घिसिङले आफ्नो निर्वाचन क्षेत्र अझै यकिन भइनसकेको बताए।

‘मेरो लागि रामेछाप प्रिय जिल्ला हो, तर अहिले म अन्य विकल्पहरू पनि हेरिरहेको छु,’ घिसिङले भने, ‘मैले रामेछापबाट उठ्दिन भनेको छैन, तर दुईवटा विकल्पमध्ये कुन चाहिँ उत्कृष्ट हुन्छ, जहाँबाट उठ्दा चुनावी अभियान र नतिजालाई प्रभावकारी बनाउन सकिन्छ, त्यहीँ निर्णय लिनेछु।’

आफ्नो सदभाव र सहयोगमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भएको उल्लेख गर्दै घिसिङले अहिलेको राजनीतिक परिस्थिति र जनताको चाहना अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने समझदारी बनेको बताए । घिसिङले आगामी निर्वाचन नेपालको स्थायित्व, स्थिरता र सुशासनका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट