Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चौथो गैँडाकोट महात्सवमा आज प्रकाश सपुतसहित चर्चित कलाकारहरुको प्रस्तुति रहने

चौथो गैँडाकोट महात्सवमा आज प्रकाश सपुतसहित चर्चित कलाकारहरुको प्रस्तुति रहने


गैडाकोट:  चौथो गैडाकोट महोत्सव अन्तर्गत आज पौष २६ गते महोत्सव परिसरमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै छन्। आजको कार्यक्रम दर्शकका लागि विशेष आकर्षणको रूपमा रहने आयोजक समितिले जनाएको छ।

सांस्कृतिक संयोजक किशोर लम्सालका अनुसार आज महोत्सवमा भजन प्रतियोगिता आयोजना गरिँदै छ, जसमा विभिन्न समूहको सहभागिता रहनेछ। “धार्मिक तथा सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले भजन प्रतियोगितालाई विशेष प्राथमिकता दिएका छौँ,” उनले बताए।

आजको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका सिता राना, लोकप्रिय गायक प्रकाश सपुत, युवा गायक दिपक खड्का तथा गायक सन्तोष सुवेदीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम तय भएको छ। कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

 माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादनको प्रदर्शनी, व्यापारिक स्टल, खानाका परिकार तथा मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको छ। महोत्सवले गैडाकोटको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास आयोजकले लिएको छ। सांस्कृतिक संयोजक लम्सालले समयमै उपस्थित भई महोत्सवको सांस्कृतिक कार्यक्रमको आनन्द लिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट