Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

शोधनान्तर बचत ४ खर्ब नाघ्यो, चालु खाता ३ खर्ब ५८ अर्ब बचतमा

शोधनान्तर बचत ४ खर्ब नाघ्यो, चालु खाता ३ खर्ब ५८ अर्ब बचतमा


काठमाडौँ : चालु आर्थिक वर्ष (आव) को ५ महिनामै शोधनान्तर बचत ४ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले पाँच महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो देखाएको छ । राष्ट्र बैंकका अनुसार शोधनान्तर ४ खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ । चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ । पाँच महिनाका अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट