Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बर्दियामा गोली चल्यो, एक भारतीय नागरिक घाइते

बर्दियामा गोली चल्यो, एक भारतीय नागरिक घाइते


बर्दिया : बर्दियामा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। जिल्लाको गुलरिया नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्ला मोतीपुर ठाना लौकाही बजारका ३१ वर्षीय फिरोज खान घाइते भएका हुन् ।

बुधबार साँझ प्रहरीले लागुऔषध चेकजाँच गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कर्यालय बर्दियाले जनाएको छ ।खान भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । प्रहरीले चलाएको गोली खानको दायाँ खुट्टामा लागेको छ । खानको बर्दिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले खानको साथबाट २८३ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट