Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गौशालाबाट ४ जना पाकेटमार पक्राउ

गौशालाबाट ४ जना पाकेटमार पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर–८ गौशालास्थित तिलगंगाबाट पाकेट मारेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली घर भएका ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत घर भएका ४२ वर्षीय विकाश लामा, तनहुँ घर भएका ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका–७ बस्ने सुवास मगर छन् ।  

एयरपोर्ट गेटबाट मयुर यातायातमा चढेका यात्रुको साथबाट उनीहरुले २ लाख ७५ हजार पाकेट मारेको पीडितले प्रहरीलाई बताएका छन् । बुधवार पीडितले घटनाबारे जानकारी गराएपछि खटिएको प्रहरीले सीसीटिभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

आरोपीहरूले यात्रुको झोलामा भएको नगद निकालेर फरार भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीहरूमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट