Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रेनु दाहालपछि चितवन–३ मा सोविता गौतम, चुनावी प्रतिस्पर्धा चर्किने संकेत

रेनु दाहालपछि चितवन–३ मा सोविता गौतम, चुनावी प्रतिस्पर्धा चर्किने संकेत

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतमले आगामी निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाटै चुनाव लड्ने स्पष्ट पारेकी छन्। बुधबार भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो स्थायी घर चितवन–३ मै पर्ने बताइन्।

यसअघि सोविता काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। तर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काठमाडौं–२ बाट चुनाव लड्ने परिस्थिति बनेमा आफू चितवन–३ बाटै उम्मेदवार बन्ने उनको भनाइ छ।

चितवन–३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पनि चुनाव लड्दै आएकी छन्। सोविता गौतम पनि सोही क्षेत्रमा आउने भएपछि राजनीतिक वृत्तमा चर्चा र चासो बढेको छ।

पत्रकारसँगको कुराकानीमा उनले भनिन्,
‘मेरो घर चितवन नै हो। विवाह गरेर गएको घर पनि चितवन क्षेत्र नं. ३ मै पर्छ। काठमाडौं–२ मा मेयर बालेन्द्र शाह उठ्ने अवस्था बनेपछि म स्वाभाविक रूपमा चितवन–३ मा जानुपर्छ। उम्मेदवारीको औपचारिक घोषणा हुँदा सबै कुरा स्पष्ट हुन्छ।’

कानुन निर्माणका लागि संसदीय राजनीति आवश्यक रहेको उल्लेख गर्दै उनले अध्ययन, बहस र जिम्मेवारी वहन गर्न आफू तयार रहेको बताइन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट