काठमाडौँ : नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग तालमेलको सहमतिअनुसार नेपाली कांग्रेसले दुई प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यको उम्मेदवार भाग पाएको छ । मधेस र लुम्बिनी प्रदेशमा कांग्रेसले दुई सिट भाग पाएको हो ।
मधेस प्रदेशमा कांग्रेसले धर्मेन्द्र पासवान र रञ्जित कर्णलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसका एक नेताले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij