Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बर्दियामा युवकको माछापोखरीमा मृत्यु, प्रारम्भिक अनुसन्धानले मदिरा सेवनको अनुमान

बर्दियामा युवकको माछापोखरीमा मृत्यु, प्रारम्भिक अनुसन्धानले मदिरा सेवनको अनुमान

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–८ दैलेखी टोलमा एक युवक मृत फेला परेका छन्। स्थानीय ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीका अनुसार सार्की सोही वडामा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा मृत फेला परेका हुन्। श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी दाजुसँगै बस्दै आएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अत्यधिक मदिरा सेवनका कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। मृतकको शरीरमा कुनै पनि बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।

घटनाको वास्तविकता पत्ता लगाउन शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ र प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट