काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij