Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ३ वर्षपछि पक्राउ

श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ३ वर्षपछि पक्राउ

काठमाडौँ : जाजरकोटको छेडगाड नगरपालिका–१३ स्थित पिपलतडामा पत्नीको हत्या गरेर फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपलतडा बस्ने भद्र्र बहादुर सुनार छन् ।

पत्नीको हत्या गरेको ३ वर्षपछि उनलाई पिपलतडाबाट कार्कीगाउँ जाने सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर कुमार खड्काले रातोपाटीलाई बताए । २०७९ मङ्सिर १० मा ३४ वर्षीय पत्नी पानसरा सुनारलाई उनले बन्चरो र खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यापछि उनी फरार थिए । पुस २० मा उनलाई पक्राउ गरेर अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट