Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

रौतहट : सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। 
गौर भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले आइतबार दिउँसो पैदल नेपाल आउँदै गरेकी भारत बिहार राज्यको सितामढी जिल्ला बैरगनिया निवासी ४५ वर्षीया रामकली देवीलाई पक्राउ गरेको हो। शङ्कास्पद देखिएपछि गरिएको जाँचका क्रममा उनको साथबाट ठुलो परिमाणमा नेपाली र भारतीय नगद फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार भन्सार सुरक्षा गार्डका प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले ती महिलाको साथबाट कुल २ लाख ५० हजार ३ सय ६० नेपाली रुपैयाँ बराबरको नगद बरामद गरेको छ। बरामद रकममा नेपाली १ हजार दरका १८० थान, ५ सय दरका १३३ थान, १ सय दरका ३७ थान र भारतीय १ सय दरको एक थान नोट रहेको छ।

नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि ती महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सीमा क्षेत्रमा पछिल्लो समय अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट