Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गुल्मीको पुर्कोट दहमा युवकको शव फेला

गुल्मीको पुर्कोट दहमा युवकको शव फेला

गुल्मी : मदाने गाउँपालिका-६ न्वारा निवासी ३३ वर्षीय टुकबहादुर परियार मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पुर्कोटदहका अनुसार सोमबार बिहान करिब ९ बजे स्थानीयले मानिस मृत अवस्थामा रहेको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

टुकबहादुर आइतबार न्वारास्थित आफन्तकोमा गएका थिए । त्यहाँ उनका आफन्तको मृत्यु भएको थियो । सोही दिन राति करिब साढे १० बजे घर फर्कने क्रममा गोरेटो बाटोबाट करिब १२/१५ मिटर तल मोटरबाटोमा खसेको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमाण्डमा टोली खटिएको छ । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट