काठमाडौँ : चलचित्र ‘मन बिनाको धन’ निर्माण एवं निर्देशन गरेका टंक बुढाथोकीले नयाँ फिल्म ‘बा–आमा’ पनि बनाउने भएका छन् । उनले यो चलचित्र बालगायक अशोक दर्जीलाई लिएर निर्माण गर्न लागेका हुन् । ‘मन बिनाको धन’मा पनि उनले दर्जीलाई नै मुख्य भूमिकामा अभिनय गराएका थिए ।
चलचित्रमा दर्जीका अलवा टंकका छोरा एआर बुढाथोकीको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकार छनोटको क्रममा रहेका छन् । चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ । टंक बुढाथोकीकै कथा रहने फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् ।
‘स्क्रिप्ट लेखन अन्तिम चरणमा छ । त्यसपछि कलाकार छनोट चरणमा लाग्नेछौँ’, उनले भने, ‘फिल्मको छायाङ्कन वैशाखदेखि सुरु गर्ने योजना छ ।’ ‘बा–आमा’ पारिवारिक–सामाजिक कथामा बन्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij