Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलालीको गौशालामा २५ चौपाया मृत भेटिए

कैलालीको गौशालामा २५ चौपाया मृत भेटिए

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा पशु चौपायामा मृत अवस्थामा भेटिएका छन् । गोदावरी– ७ को श्रीलंकामा नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा २५ गाई तथा बाच्छा मृत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले गौशालामा गाई र बाच्छा मरेको अवस्थामा भेटिएको बताए । उनकाअनुसार गौशालामा पशु चौपाया मरेको अवस्थामा रहेको जानकारी स्थानीयले गराएपछि नगरपालिकालाई व्यवस्थापनका लागि आग्रह गरिएको छ ।

स्थानीयकाअनुसार मृत भेटिएका कतिपय चौपाया भने सडेको अवस्थामा थिए ।
चिसोका कारण चौपायाको मृत्यु भएको हुनसक्ने अनुमान गरेपनि गोदावरी नगरपालिकाले गौशालाका नाममा छाडा पशु चौपायन थुन्ने तर स्याहारसुसारमा ध्यान नदिएका कारण मरेका चौपाया षड्दा समेत थाहा नपाएको आरोप लगाइएको छ ।

उक्त ठाउँमा नगरपालिकाले एक हजार चार सय बढी चौपाया व्यवस्थापन गरेर राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट