Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ललितपुर-२ बाट चुनाव लड्ने तयारीमा सञ्चारमन्त्री खरेल

ललितपुर-२ बाट चुनाव लड्ने तयारीमा सञ्चारमन्त्री खरेल

चितवन  : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषयमा सरकारलाई औपचारिक जानकारी नभएको बताएपछि यो विषय राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको छ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खरेलले कुलमान घिसिङको रास्वपा प्रवेशबारे औपचारिक जानकारी प्राप्त भएपछि मात्रै सरकारको तर्फबाट आवश्यक निर्णय लिइने स्पष्ट पारेका थिए।

तर, सोमबार राति भएको सहमतिमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच हस्ताक्षर भएको थियो, जसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह साक्षी बसेका थिए। सहमतिपत्रको बुँदा नम्बर ४ मा रवि लामिछाने सभापति रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख गरिएको छ।

यसैबीच, मन्त्री खरेल निकट स्रोतका अनुसार उनी रास्वपाबाट ललितपुर क्षेत्र नं. २ बाट निर्वाचन लड्ने तयारीमा छन्। त्यसका लागि उनले आन्तरिक तयारी तीव्र बनाइसकेको स्रोतको दाबी छ। निर्वाचनमा सफल हुन कुलमान घिसिङको समर्थन महत्वपूर्ण हुने भएकाले सहमति भइसकेको विषयमा अनभिज्ञझैँ देखिँदै चितवनमा कुलमानको पक्षमा अभिव्यक्ति दिएको बताइएको छ।

केही दिनअघि मात्र मन्त्री खरेलले ललितपुर क्षेत्र नं. २ का आफूनिकट व्यक्तिहरूसँग भेटघाट गर्दै सूचना तथा प्रविधि क्षेत्रका कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका थिए। त्यसका लागि उनले छुट्टै टिम बनाएर भित्रभित्रै तयारी गरिरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट