Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

निर्वाचन आयोग भन्छ– दुई अवस्थामा समानुपातिकको नाम परिवर्तन गर्न मिल्छ

निर्वाचन आयोग भन्छ– दुई अवस्थामा समानुपातिकको नाम परिवर्तन गर्न मिल्छ


काठमाडौँ : फागुन २१ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा परिवर्तन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तयारीबारे शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने नमिल्नेबारे व्यापक चासो रहेको भन्दै दुई वटा अवस्थामा मात्र नाम परिवर्तन गर्न मिल्ने बताएका हुन् । 

‘बन्दसुचि परिवर्तन हुन्छ हुँदैन, नाम फेर्न पाइन्छ पाइँदैन भन्ने कुरामा आम जिज्ञासा रहेको पाइन्छ । नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा’, प्रवक्ता भट्टराईले भने, ‘एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’ 

पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । ‘नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई सूचना गर्नेछ जसले त्यो ठाउँमा अर्को व्यक्ति दलले पठाउन पाउनेछन्’, भट्टराईले भने, ‘बन्दसूचीको प्रारम्भिक नामावली माघ ४ गते सार्वजनिक गर्नेछौ भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट