Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ : प्रहरीले ललितपुरबाट एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–३ घर भएर सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भएर धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।

बुधबार राति उनीहरुले ललितपुर महानगरपालिका–१४ स्थित टुटेपानीमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । प्रहरी वृत्त सातदोबाटोले उनीहरूबारे अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट