मोरङ : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका एक फरार प्रतिवादीलाई मोरङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ। मोरङ जिल्ला अदालतले २०७३ चैत २७ गते दोषी ठहर गर्दै कैद सजाय तोकेका मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का ४६ वर्षीय ‘डि.बी.’ भन्ने डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतको फैसलापछि विगत ९ वर्षदेखि लुकिछिपी बस्दै आएका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले बिहीबार उनकै घरबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाही र कैद भुक्तानका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij