Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

खैरहनी ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा समुद्घाटन

खैरहनी ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा समुद्घाटन

चितवन : बागमती प्रदेश सरकारबाट विनियोजित ५ करोड ८५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ईलाका प्रहरी कार्यालय खैरहनी, चितवनका नवनिर्मित संरचनाहरूको समुद्घाटन सम्पन्न भएको छ।

WhatsApp Image 2025-12-31 at 14.01.24 (1).jpeg

माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज अधिकारीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यालय भवन, ब्यारेक भवन, भान्छाघर तथा कम्पाउण्ड वालको समुद्घाटन गरिएको हो।

कार्यक्रममा चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले नवनिर्मित ब्यारेक भवनबाट प्रहरीको आवासीय समस्या समाधान भएको उल्लेख गर्दै यसले सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले प्रहरीको कार्यक्षमता वृद्धि भई शान्ति सुरक्षामा सकारात्मक प्रभाव पर्ने बताए।

WhatsApp Image 2025-12-31 at 14.01.27.jpeg

प्रदेश सरकारको लगानीमा निर्माण भएका यी संरचनाले प्रहरी सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने तथा स्थानीय नागरिकले अझ सुरक्षित अनुभूति गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट