Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला

सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला


काभ्रेपलाञ्चोक : सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ । घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणको जंगलमा उनको शव भेटिएको थियो । तामाङको नाइटोबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको प्रहरी चौकी अमलेले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । सूचना प्राप्त हुनासाथ राती नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल गएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको पाइएको हो । शव नजिक एक थान भरुवा बन्दुक बीच भागमा  भाँचिएको अवस्थामा फेला परेको, मृतकले भिरेको झोलामा बारुद जस्तो देखिने धुलो र फलाम र सिसाको टुक्रा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी सुवेदीले जानकारी दिए । शवलाई मुचुल्का पश्चात् पोष्टमार्टमको लागि सिन्धुली अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट