Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ : स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० र सोमबार २ लाख ७० हजार रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा सुनको मूल्य पुनः घट्न पुगेको हो । 

यस्तै बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदीको मूल्य बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट