Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ललितपुरबाट ७ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

ललितपुरबाट ७ लाख नगदसहित ७ जना जुवाडे पक्राउ


काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ  । गएराति जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्की,  युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल छन् । जुवाडेहरूको ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट