Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सहमतिको १४ घण्टापछि बोले कुलमान

सहमतिको १४ घण्टापछि बोले कुलमान

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे मुख खोलेका छन् । आइतबार राति ८ बजे सहमति भएकोमा घिसिङले केही बेरअघि मात्रै बोलेका हुन् ।

उनले दुई पार्टीबिच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएको दाबी गरे।

यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताए । शुक्रबार सहमति भएको तस्बिर सार्वजनिक हुँदा कुलमानको अनुहार मलिन देखिन्थ्यो । सोही कारण सहमतिबारे कुलमान खुसी नभएको हो कि भन्ने आशङ्का गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट