Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बिहानयता हर्क साम्पाङको फेसबुकमा ३१ पोस्ट, रवि र बालेनको विरोध

बिहानयता हर्क साम्पाङको फेसबुकमा ३१ पोस्ट, रवि र बालेनको विरोध

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफ्‌नो सामाजिक सञ्जाल फेसबुकमा आज बिहानबाट सवा ११ बजेसम्म ३१ बढी पोस्ट गरेका छन् । 

आज बिहान साढे ३ बजे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच भएको सहमतिको विरुद्ध उनले निरन्तर फेसबुक मार्फत विरोध गरिरहेका छन् । 

रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति बाहिर आएपछि  साम्पाङले खिसीटिउरी गर्दै भनेका छन्, ‘हाहा... जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू‘ सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’   

उनले लाइभ, स्ट्याटस र अन्य प्रयोगकर्ताहरूले बालेन र रवि विरुद्ध राखेको सामाग्रीहरू समेत शेयर गर्दै निरन्तर विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट