Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेन र कुलमानबीच छलफल जारी

बालेन र कुलमानबीच छलफल जारी

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल जारी रहेको छ । बालेन र कुलमानबीच एक भएर ‘देश विकास’ एजेन्डामा पार्टी अघि बढाउने विषयमा यसअघि नै करिब सहमति जुटिसकेको थियो ।

सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि सहकार्य गर्ने विषयमा घनिभूत छलफल चलेको थियो । यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए ।

भावी राजनीतिक सहमति जुटाउने प्रयास स्वरूप ज्वागलमै बालेनसँग रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट