Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

राष्ट्रिय वन अतिक्रमणविरुद्ध दाउन्नेमा डोजर अभियान

राष्ट्रिय वन अतिक्रमणविरुद्ध दाउन्नेमा डोजर अभियान

नवलपुर : नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत दाउन्ने बजार क्षेत्रमा राष्ट्रिय वन अतिक्रमण गरी निर्माण गरिएका टिनका टहराहरू हटाइएको छ।

पूर्व–पश्चिम राजमार्गको छेउछाउमा वन क्षेत्र मिचेर घर, टहरा तथा होटल सञ्चालन भइरहेको पाइएकोपछि वन संरक्षणलाई ध्यानमा राख्दै डिभिजन वन कार्यालय नवलपुर (पूर्व) को नेतृत्वमा टहरा हटाउने अभियान सञ्चालन गरिएको हो।

डिभिजन वन कार्यालयका अनुसार राष्ट्रिय वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका ११ वटा टिनका टहराहरू भत्काइएको छ। अभियानमा वन अधिकृतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

डिभिजन वन कार्यालयले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पारेको छ। साथै स्थानीयवासी तथा व्यवसायीहरूलाई वन क्षेत्र अतिक्रमण नगर्न र प्रचलित कानुनको पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट