Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उपरथी प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान

उपरथी प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ : नेपाली सेनाको सहायकरथीबाट उपरथीमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

मन्त्रिपरिषद्को पुस ३ मा बसेको बैठकले थापालाई उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । प्रधान सेनापति सिग्देलले सहायकरथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् । कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द र अन्य सैन्य अधिकृतहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट