Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

फेवातालको सिमसार पुर्ने खतिवडालाई अभद्र व्यवहार मुद्दामा म्याद थप

फेवातालको सिमसार पुर्ने खतिवडालाई अभद्र व्यवहार मुद्दामा म्याद थप

पोखरा : पोखराको फेवाताल सिमसार पुर्दा अवरोध भएको भन्दै प्रहरी र पत्रकारमाथि दुर्व्यवहार गर्ने युवराज खतिवडालाई अभद्र व्यवहारमा म्याद थप गरिएको छ । कास्की अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, खतिवडालाई पत्रकार र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो ।

‘म्याद थप भएको छ । अनुसन्धान चलिरहेको छ,’ उनले भने । खतिवडा शक्तिको आडमा सिमसार पुरेको आरोपमा पटक पटक विवादमा परेका छन् । यसअघि पनि उनलाई प्रहरीले विभिन्न घटनामा पक्राउ गरेर छाड्दै आएको छ । पोखरा ५ बस्दै आएका ३७ वर्षीय खतिवडा धादिङका हुन् । फेवातालको सिरानमा सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा उनले दुर्व्यवहार गरेका थिए ।

उनीमाथि सिमसार पुरेको आरोपमा भने मुद्दा अघि बढेको छैन । ‘जाहेरी आयो भने त्यो मुद्दा पनि अघि बढ्छ । तर अहिले अभद्र व्यवहारमा मात्रै अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने । सर्वोच्च अदालतले २०७५ सालमा तालको ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन आदेश दिए पनि कार्यान्वयन नहुँदा भूमाफिया सलबलाएका छन् ।

केहीले सिमसार पुगेर प्लटिङ गरिराख्दा समेत पोखरा महानगरपालिका मौन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट