Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जुवाखालमा आँखामा लेन्स जोडेर ठगी आरोपमा ठमेलबाट ६ जना पक्राउ

जुवाखालमा आँखामा लेन्स जोडेर ठगी आरोपमा ठमेलबाट ६ जना पक्राउ

काठमाडौँ  :  काठमाडौँको ठमेलस्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिमा जुवा खेल्दा प्रविधिको प्रयोग गरेर ठगी हुने गरेको भेटिएको छ ।जुवा खेल्दा तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा चार जना भारतीय र दुई जना नेपाली मंसिर २६ मा पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलको छायादेवी कम्प्लेक्समा रहेको क्यासिनोबाट पक्राउ पर्नेमा भारतीय नागरिकहरू; ५७ वर्षीय सुरेश महाजंग, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय विक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा, नेपाली नागरिक ४० वर्षीय भवानी पाण्डे र ३६ वर्षीय चिजा खड्का छन् ।भारतीयहरू मंसिर २६ मा भारतबाट आएर क्यासिनो गएका थिए । उनीहरूविरुद्ध आँखामा लेन्स प्रयोग गरेर ठगी गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।

आरोपीहरूले प्रयोग गर्ने तासमा पहिले नै चिप्स जडान गर्ने र त्यसको कनेक्सन आँखामा प्रयोग गरिने लेन्ससँग जोडेर जुवा जित्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लेन्स प्रयोग गरेकाहरूले पहिले नै हार–जितबारे थाहा पाउँछन् । त्यसबारे थाहा नभएका खेलाडीहरूलाई हराएर उनीहरूले करोडौं जित्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट