काठमाडौं : प्रदर्शन गर्न माइतीघर पुगेको मिराज ढुंगाना समूहका केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ला प्रशासन काठमाडौं गएको थियो। तर, प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न रोक लगाएको थियो ।
प्रशासनले रोक लगाउदा पनि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेनजी प्रदर्शनमा उत्रिएका थिए ।
अनुमतिबिना नै प्रदर्शन गर्न गएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। सोही क्रममा केही जेनजीहरू पक्राउ समेत परेका थिए। नियन्त्रणमा लिएका निकोलस भुसालसहितलाई हाल प्रहरीले छोडिदिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij