Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भक्तपुरमा सहकर्मीको कुटपिटबाट ज्यामीको मृत्यु, आरोपी सल्लाघारीबाट पक्राउ

भक्तपुरमा सहकर्मीको कुटपिटबाट ज्यामीको मृत्यु, आरोपी सल्लाघारीबाट पक्राउ

भक्तपुर : भक्तपुर नगरपालिका–३ वंशगोपालमा निर्माणाधीन घरमा ज्यामी काम गर्ने एक मजदुरको कुटपिटबाट हत्या भएको छ। उदयपुर घर भई सोही घरमा कार्यरत ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा प्रहरीले धनकुटाका २७ वर्षीय सञ्जीव राई (याखा राई) लाई पक्राउ गरेको हो। सोमबार बिहान भएको सामान्य विवादमा सञ्जीवले कुटपिट गर्दा पूर्णको घटनास्थलमै मृत्यु भएको थियो।

घटनालगत्तै फरार भएका सञ्जीवलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरकै सल्लाघारीबाट नियन्त्रणमा लिएको छ। निर्माणाधीन घरको डेगोमनामा सँगै काम गर्ने र बस्ने उनीहरूबिच के कति कारणले झगडा भएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मृतक पूर्णको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने पक्राउ परेका सञ्जीवमाथि ज्यान मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सँगै काम गर्ने सहकर्मीकै कुटपिटबाट ज्यान गएपछि उक्त कार्यस्थलमा कार्यरत अन्य मजदुरहरू समेत त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट