धनकुटा : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङका २९ वर्षीय मान बहादुर राई पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।
राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई खोजतलास गरी पक्राउ गरिएको हो। पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले तत्काल एक्सन लिँदै आरोपीलाई सान्ताङबाटै समातेको हो।
पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र कानुनी प्रक्रियाका लागि प्रहरीले आवश्यक प्रमाण संकलन गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij