मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका-१० रिगुवामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय लक्ष्मी प्रसाद घिमिरेको घरमा शनिबार साँझ चोर पसेर सुनका गरगहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरेर लगेको हो।
घरमा कोही नभएको वा सुरक्षा कमजोरीको फाइदा उठाउँदै चोरले सुन र नगद हात पारेको प्रारम्भिक विवरणमा देखिएको छ। चोरी भएको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का उठाएको छ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान सुरु गरेको र हराएको धनमालको खोजी भइरहेको जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij