Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उदयपुरमा खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या

उदयपुरमा खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या

उदयपुर : खुकुरी प्रहार गरी उदयपुरमा एक व्यक्तिले आफ्नै भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका–१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजलाई शनिबार बिहान २ बजे धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भर्मराजलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकामा करिब २:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि आरोपित घटनास्थलबाट फरार भएको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजु–भाइबीच विवाद हुँदा युवराजले धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट