Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ

सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ

सिराहा : सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नपा ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान २३ बाट १६ ग्राम ५ मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटाका ३४ वर्षीय सुशील अधिकारीलाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले शङ्का लागि ज.१ ह ३९३० नम्बरको अटोमा सवार उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी,लहान २३ गढिया चोकबाट स्थानीय ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी ओमप्रकाश पण्डितले जानकारी दिए।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट