काठमाडौँ : गत भदाै २३ र २४ गते जेनजी प्रदर्शन हुँदा केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ घर भएका ४९ वर्षीय जीवन पञ्चविर विश्वकर्मा उर्फ कान्छा छन् ।
उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । मानव बेचबिखन तथा बलात्कार मुद्दामा उनी केन्द्रीय कारागारमा थुनामा थिए । भदौ २४ मा आन्दोलनको क्रममा उनी त्यहाँबाट भागेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij