Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रुपन्देहीमा १७ वर्षीय किशोरको टाउकोमा प्रहार गरी हत्या, खोजी जारी

रुपन्देहीमा १७ वर्षीय किशोरको टाउकोमा प्रहार गरी हत्या, खोजी जारी

रुपन्देही : रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो। प्रहरी कार्यालय रुपन्देहीले टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको र घटनामा संलग्नहरूको खोजी जारी रहेको बताएको छ ।

प्रहरीका अनुसार मृतक किशोर बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए। खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय रूद्रपुरको टोलीले शवको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ईशान स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक मात्र छोरा हुन् । उनी स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट