Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो।

शुक्रबार प्रकाशित सूचनाअनुसार दरखास्त फाराम पुस ११ गतेदेखि माग ११ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ।

अनलाइनमार्फत दरखास्त दिएका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदकले माघ २३ गतेभित्र आफूले रोजेको कार्यालयमा सक्कलै दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

aap

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट